abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

श्री पञ्चमी
श्री पञ्चमी

आज श्री पञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देसभर श्री पंचमी मनाइदै छ । 
देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरुले देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड लाग्ने गर्दछ । फर्पिङ स्थित माता सरस्वती मन्दिरमा पनि बिहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । 
 
उमेर पुगेका साना साना बालबालीकाहरुको निम्ती अक्षराम्भ गर्ने दिन आजको दिनलाई लिइन्छ । मन्दिरको भित्ता, ढुङगा, काठ वा बोर्डमा आफ्नो नाम सँगै कम्जोर विषयको नामाकरण गरि उक्त क्षेत्रमा ज्ञान आर्जन होस् भनि पुजा गर्ने गर्दछन् । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारले आआफ्नो वाद्यययन्त, कुची लगायतको लागि श्रद्धा पूर्वक पूजा गर्ने गर्दछन् । आजको दिनबाट भर्ष भरि ज्ञान, बुद्धि, विवेक, स्रष्टा, बिचार, संस्कार आदि आर्जन हुने मान्यता रहि आएको छ । 
 
यस दिनबाट चिसो मौसम सकिएर मिठो सुगन्ध छर्ने सुबासको शुभारम्भ भएको बसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।  हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पुजा गरेर आराधना गर्छन भने आजकै दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पबित्र दिनको रुपमा समेत लिने गरिन्छ । 
 

सम्बन्धित प्रकाशनहरु