हेप्पी होम मन्टेश्वरी किन्डरग्राटेनको तेस्रो अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न
ABNIZATION MEDIA
हेप्पी होम मन्टेश्वरी किन्डरग्राटेनले आफ्नो तेस्रो अभिभावक दिवस कार्यक्रम भव्य अनि सव्य रुपमा सम्पन्न गरेको छ ।
होम होएर योर्र चिल्ड्रेन कम पेप्ले एण्ड लन्र्न भन्ने आदर्श शिक्षको लक्ष्य लिएर दक्षिणकाली नगरपालीका भित्र गुणस्तरीय संस्कारीक शिक्षा दिने उद्देश्यले स्थापना गरिएको यस किन्डरग्राटेनले ज्बउउथ ज्यmभ म्बथ, एबचभलतक मबथ र न्चबमगबतष्यल मबथ एकै साथ अभिभावक, शिक्षक, लगायत अतिथिहरुको साथमा कार्यक्रम सञ्चालन गरिएको हो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त दिवस कार्यक्रममा नगर प्रमुखबाट पानसमा दिप प्रज्वलन गरि विधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन सँगै विद्यार्थी भाईबहिनीहरुबाट आफ्ना अभिभावक तथा अतिथिहरुलाई स्वागत गित तथा नृत्यले स्वागत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य हेप्पी होम मन्टेश्वरी किन्डरग्राटेनका सचिव राजेस श्रेष्ठले राख्नु भएको थियो । उहाँले विभिन्न अफठेरो परिस्थितिको सामना गर्दै फर्पिङ दक्षिण्काली नगरपालीका भित्र गुणस्तरीय संस्कार सहितको शिक्षा दिने अभिप्रयले स्थापना गरिएको उक्त मन्टेश्वरीलाई यस स्थान सम्म पु¥याउने मूल्यवान अभिभावकहरुको साथ र सहयोग बाटै सम्भव भएको हो भन्दै सम्पूणलाई स्वागत गर्नु भएको थियो ।
बर्ष भरि स्कुलमा सिकेका संस्कारीक दिक्षा, सिप मूलक विकासको व्यवहारिक ज्ञान, अक्तिक्ति कृयाकलापहरु साथै क्षमता विकासको प्रतिभालाई प्रस्फुटन गर्ने माध्यम अभिभावक दिवस भएकोले विभिन्न नृत्य, गित तथा विद्यार्थीहरुको आवाजलाई सुन्ने र सुनाउनका लागि प्रस्फुटन गरिएको थियो जस्मा सानासाना विद्यार्थी भाई बहिनीहरुले मात्र नभई अभिभावकहरुबाट पनि विभिन्न गायत र नृत्यहरु पनि उक्त दिवसमा प्रस्फुटन भएका थियो ।
कार्यक्रममा सम्पूर्ण अभिभावकहरुको प्रतिनिधित्व गर्दै निरञ्जन भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । उहाँले मन्टेश्वरीको अवधारणालाई दक्षिण्काली नगरपालीकामा गुणस्तर शिक्षा प्रधान गर्ने उद्देश्यले स्थापना गरिएको मन्टेश्वरीले सफलता हासिल गरेको भन्दै विभिन्न शिक्षण विधि, कृयाकलाप र माध्यमहरुले बालबालिमा सकारात्मक परिवर्तन ल्याउन सकेको र आफ्नो बच्चामा भएको परिवर्तनबाट मन्टेश्वरी लाई बिशेष रुपमा धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
शुभकामना मन्तव्यको क्रममा हेप्पी होम मन्टेश्वरी किन्डरग्राटेनका प्रधान अध्यापक सृजना श्रेष्ठले आफ्नो क्षमता, योग्यता र परिश्रमको कदर गर्दै संस्थाले प्रधानअध्यापक जस्तो महत्वपूर्ण पदको भूमिका तथा जिम्मेवारी प्रदान गरेकोमा आधार प्रकट गर्दै आफुले कर्मनिष्ठा पूर्वक उक्तरदायित्व पूरा गर्ने बचन बद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा दक्षिणकाली नगरपालीकाका नगर उपप्रमुख बसन्ति डङगोल तामाङले अहिलेको पुस्तालाई नैतिक र सस्कारीक शिक्षा दिने एकमात्र हेप्पी हामे मान्टेश्वरी किन्डरग्रार्टेनले धरै राम्रो काम गरिरहेको बताउनु भयो । आगामी दिनमा पनि यसै गरी शिक्षामा नैतिकवान, व्यवहारिक तथा संस्कारीक नागरिक हेप्पी होम मन्टेश्वरी किन्डरग्रार्टेनले जन्माउन सकुन् भन्ने प्रगतिको शुभकामना दिदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बस्नेतले गुणस्तर शिक्षाको खोजी भैरहेको अवस्थामा हेप्पी होम मन्टेश्वरीले राम्रो र संस्कारीक शिक्षा दिन सक्ने क्षमता अगाडि बढाएर देशको जिम्मेवार व्यक्ति उत्पादन गर्नमा र नगरपालीकालाई समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै संसथाका संचालक टिमहरुलाई नगरपालीकाको तर्फबाट हार्दिक धन्यवाद धापन गर्नु भयो । अभिभावकले गर्ने लगानी भविष्यका कर्णधार नागरिक उत्पादन गर्नकै लागि हो जुन यस मन्टेश्वरीले गुणस्तर शिक्षा दिएर सम्पूर्ण अभिभावकहरुलाई सन्तुष्ट बनाएको र बाइबहिनीहरुबाट देखाएका विभिन्न प्रतिभाहरु साथै दिक्षान्त हुने विद्यार्थीहरुलाई शुभकामना दिदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति तथा विशेष अतिथिबाट विद्यालयलाई अमूल्य, अथक सेवा प्रदान गर्दै सुचारु रूपमा सञ्चालन गर्न र सुधारको लागि बहुमूल्य योगदान पु¥याउदै आएका सबिता तामाङलाई उत्कृष्ट शिक्षिकाको रुपमा खादा तथा प्रमाणपत्रले सम्मान गरिएको थिायो भने कक्षा ३ उत्तिण गरेका बालबालीकाहरुलाई बिदाई तथा ग्प्न् उक्तिण गरेकाहरुको दिक्षान्त समारोह कार्यक्रम औपचानरीक रुपमा अगाडि बढाएको थियो जस्मा शिक्षक शिक्षिका, अतिथि तथा दक्षिणकाली नगरपालीका वडा नं. ६ का वडा अध्यक्ष शैलेसमान मानन्धरबाट टोपी, मायाको चिनो र प्रमाण पत्रले सम्मान गर्दै वालबालकिाहरुबाट आआफ्नो कउभभअज पनि राखिएको थियो ।
दक्षिण्काली नगरपालकिा वडा न.. ६ का वडा अध्यक्ष शैलेसमान मानन्धरले जति पनि अभिभावकहरुले हेप्पी होम मनटेश्वरीमा गुणस्तर शिक्षाको लागि आफ्नो बालबालीकालाई अध्यापन गराएका छन् पकै पनि संस्कार सहितको शिक्षा हासिल भएको अभिभावक सँगै आफुले पनि महसुस गरेको भन्दै आफ्नो मनतव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति तथा हेप्पी होम मन्टेश्वरी किन्डरग्राटेनका अध्यक्ष राजेश क्षेष्ठले मन्टेश्वरीको मुल उद्देश्य कितावि ज्ञान मात्र नभई नैतिक, व्यवहारि तथा संस्कारीक शिक्षा प्रदान गर्नु हो भन्दै आमन्त्रण गरिएका अतिथि, शिक्षक तथा अभिभावकहरुलाई बिशेष रुपमा धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थिायो ।