गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १२ औँ बार्षिक साधारण सम्पन्न
ABNIZATION MEDIA
श्री गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ बार्षिक साधारण सभा भव्य सव्य रुपमा सम्पन्न गरेको छ ।
समुदाय समुदाय बिचको आपसी सद्भाव, मित्रता एवंम स्वावलम्बनको प्रतिक, मेरो सहकारी, हाम्रो सहकारी अनि हामी सबैको सहकारी भन्ने मुल नाराका साथ यस संस्थाले १२ औ वार्षिक साभारण सभा आफ्नै प्राङगणमा सञ्चालन गरिएको हो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कायृक्रममा नगर प्रमुखबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमलाई औपचारीक रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक कृष्ण बहादुर बलामीले दिनु भएको थियो । उहाँले हरेक वर्ष संस्थाले भिन्दा भिन्दै तरिकाबाट वार्षिक साधारण सभाको आयोजना गर्दै आएको र यस वर्ष सदस्य केन्द्रित र अतिथि केन्द्रत गरी कार्यक्रम सञ्चालन गर्ने समितिले निर्णग गरेको बताउनु भयो ।
कार्यक्रममा श्री गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिरेन्द्र कुमार बलामीबाट अर्थिक वर्ष २०७८–०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारी संस्थाबाट समाजीक, आर्थिक र भौतिक विषयका क्षेत्रहरुमा विभिन्न संघसंस्थाहरुसँग समन्वय गरि सहयोग पु¥याउदै आएको साथै संस्थाको उक्तरदयित्व निर्वाह गर्दै बेरोजगारीलाई न्यूनिकरण गर्न सिपमुलक तालिम, प्राविधिक तालिम, विद्यालयहरुसँग सामिप्यता, र संस्थाका सदस्यहरुका लागि तरल व्यवस्थापनलाई सहज बनाउदै आएको प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भयो ।
सञ्चालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्ष भरत मणि अर्यालले आर्थिक वर्ष २०७८–०७९को लेखा प्रतिवेदनमा रहेको समग्र वासलात प्रस्तुत गर्नु भएको थियो भने सञ्चालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष भवानी प्रजापतीले अर्थिक वर्ष २०७९–०८० को भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बस्नेतले गोपालेश्वर सहकारी संस्थाले हरेक वर्ष नयाँ नयाँ ढङगबाट आफ्नो भिन्न कृयाकलापहरु अगाडि बढाउदै आएको, दक्षिणकाली नगर भित्र रहेका विभिन्न सहकारीहरु संस्थाहरु मध्येबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले आफ्नो संस्थाका शेयरभनी सदस्यहरुलाई मिठो सुगन्ध छर्न सफल भएको भन्दै आगामी दिनको लागि संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
कार्डिनल इटरनेस्नल बोर्डिङ हाइ स्कुलका प्रधान अध्यापक रमेश के.सीले गोपालेश्वर सहकारी संस्थाले विभिन्न सामाजीक, सास्ंकृतिक तथा आर्थिक क्षेत्रमा योगदन पु¥याउनुको साथ साथै परिवर्तन र बिकासमा पनि उत्तिकै कृयाशिल भई योग्दान दिएकोमा र विद्यार्थीवर्ग लक्ष्ति विभिन्न विद्यालयहरुसँग समन्वय गरि कतगमभलत कबखष्लन अगिद को आयोजना गरेकोमा धन्यवाद ज्ञापन मन्तव्य मार्फत व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा कार्यक्रमका सभाध्यक्षबाट आर्थिक वर्ष २०७८–०७९ मा उत्कृष्ट वचत गर्न सफल साना व्यापारी, जेष्ठ नागरीक, बाल भविष्य, साधारण बचत, आवधिक, साधारण समुह बचत, साधारण कर्जा, सामुदायिक समुह बचत, सामुदायिक समुह कर्जा, साथै कतगमभलत कबखष्लन अगिम अन्तर्गत का अगिद हरुलाई खादा लगाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमलाई औपचारी रुपमा कार्यक्रम सञ्चालन सम्झना बलामीले गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा सहकारी संस्थाका अध्यक्ष विरेन्द्र कुमार बलामीबाट सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरि कार्यक्रमलाई समापन गर्नु भएको थियो ।