abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

अध्यक्ष दुर्गानाथ दहालले दिए कर्ण बहादुुर माथि लागेको आरोप माथिको स्पष्टिकरण

करिब ३ महिना अगाडि जनप्रतिनिधिले नै खाइदिए असाहाय बृद्ध आमाको सामाजिक सुरक्षा भक्ता भन्दै सामाजिक सञ्जालमा चर्चा परिचर्चा चलेको थियो । 
 
दक्षिण्काली नगरपालीका वडा नं. ३ भञ्ज्याङ बस्ने ६८ वर्षिय कमला कार्की एकल महिला र मानसिक रोगले ग्रसित छिन् । उनलाई अहिले तार्केश्वर नगरपालीकाको नव जीवन परोपकार समाज आश्रमले जीम्मा लिइरहेको छ । आश्रमका अध्यक्ष दुर्गानाथ दहालले जनप्रतिनिधिले नै खाइदिएको भनिएको असाहाय आमाको वृद्ध भत्ता गलत धारण भएको हो भन्दै आफ्नो स्पष्टिकरण दिनु भएको छ । 
 
वडाका पूर्व कार्यबहाक अध्यक्ष कर्ण बहादुर श्रेष्ठ, वडा नं. ३ का टिम लगायत स्थानिय समाजसेवीहरुको उपस्थितिमा कमला कार्कीको दबलप कतबतझभलत, पूर्ण अपाङगता कार्ड, नागरिकता, दबलप अजभअप दययप, र १ लाख १० हजार नगद आधिकारिक रुपमा नै नवजिवन परोपकार आश्रमा गई कमला कार्की कै हातमा हस्तान्तरण गरिएको छ । 
 
स्थानिय जनप्रतिनिधिहरुको रोवरमा नभएकोे वडा सचिव र स्थानिय बासी तारा बहादुर थापा साक्षी बसी नवजीवन परोपकार समाज आश्रममा कमला कार्काीलाई पठाइएको तारा बहादुर थापाले खुलाएको छ ।  
 
यस घटनासँग सम्बन्धित हरि श्रेष्ठ सवारी चालक हुनुहुन्छ । उहाँकै पहलमा कमला कर्कीलाई परोपकार संस्थासम्म जोड्ने काम भएको हो । श्रेष्ठ माथि गलत आरोप लागेपछि आफु यस घटना सँग अगाडि देखि नै समंलग्न भएको र कर्ण बहादुर श्रेष्ठ निदोर्ष भएको कुरा खुलाउदै समाचारलाई गलत धारणले नबुझ्न आम जनतालाई अनुरोध गर्नु भयो । 
 
कर्ण बहादुर श्रेष्ठ माथि गलत सुचना प्रवाह भएको र श्रेष्ठले नियत बस गलत काम नगरेको हो भन्दै स्थानियले बताएका छन् । 
 

सम्बन्धित प्रकाशनहरु