डोल्लु तामाङ समाजको प्रथम साधारण सभा सफलता पर्वक सम्पन्न
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालीका वडा नं.५ डोललु, घोलेटोल स्थित डोल्लु तामाङ समाजले आफ्नो प्रथम साधारण सभा सफलता पर्वक सम्पन्न गरेको छ ।
बिगत १२ बर्षदेखि निरन्तर रुपमा तामाङ जातिको एकता र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापित गरिएको यस संस्थाले हाल संस्था दार्ता गरि आथिृक वर्ष ७९–८० को प्रथाम साधारण सभा आफ्नै हलमा सञ्चालन गरिएको हो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहनबस्नेतको प्मुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा नगर प्रमुखबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मनतव्य सँगै आर्थिक वर्ष २०७९–८० को प्रतिवेदन तथा भावी योजना डोल्लु तामाङ समाजका अध्यक्ष राज कुमार तामाङले प्रस्तुत गर्नु भएको थियो । उहाले गुठी भवनको निमार्णमा आर्थिक सहयोग पु¥याउने नगर र वडालाई बिशेष रुपमा आभार प्रकट गर्दै आगामि दिनमा तामाङ समुदायलाई सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रमा अझ बढी विकासमा जोड दिन अनुरोध गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथिबाट डोल्लु तामाङ समाजलाई आर्थिक रुपमा ५० हजार सहयोग गर्ने रिपा सिद्धि संगठनका अध्यक्ष कुमार तितुंगलाई खादा र सम्मान पत्रले सममान गरिएको थियो भने कार्यक्रममा डोल्लु तामाङ समाजका कोषध्यक्ष गोमा तामाङबाट आर्थिक वर्ष २०७९–८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शुभकामना मन्तव्यको क्रममा दक्षिणकाली नगरपालीकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बस्नेतले डोल्लु तामाङ समाजको उद्देश्यमा नगर र वडाबाट सक्दो साथ रसहयोगको प्रतिबद्धता व्यक्त गर्दै आगामि आर्थिक बजेटमा निमटोलसम्म बाटो ढलान गर्ने बिश्वास दिलाउदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
शुभकामना मन्तव्यको क्रममा दक्षिणकाली नगरपालीकाका वडा नं. ५ का वडा अध्यक्ष श्याम बहादुर खत्रीले गुठी भवनलाई चाहिने भौतिक संरचनामा वडाबाट साथ मिल्ने र तामाङ समाजको हितको लागि आफु निरन्तर रुपमा अघि बढि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।