दक्षिणकाली नगरपालीकाको आयोजनामा २५६७ औँ बुद्ध जयन्ती कार्यक्रम
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालीकाको आयोजनामा २५६७ औँ बुद्ध जयन्ती आज विभिन्न ¥याली तथा कार्यक्रम गरी भव्य सव्य रुपमा मनाएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।
यस्तै दक्षिणकाली नगरपालीकाले आज फर्पिङ स्थित बुद्ध पार्क अगागि पहिलो चरणको औपचारिक कार्यक्रम नगर भित्र रहेका धार्मिक गुम्बाहरु, निजी तथा सरकारी विद्यालयका शिक्षिक शिक्षिका तथा विद्यार्थीहरु, जनप्रतिनिधिहरु, समाजसेवी, धार्मिक प्रेमी, सुरक्षाकर्मी, सञ्चारकर्मी, टोल विकास संस्थाहरु लगायत स्थानिय बासिन्दाहरुको उपस्थितिमा बुद्ध जयन्ती समारोह कार्यक्रम गरेको हो ।
औपचारीक कार्यक्रममा स्वागत मन्तव्य दक्षिणकाली नगरपालीकाका उपप्रमुख बसन्ति डङगोल तामाङले राख्नु भएको थियो । उहाँले बुद्धको अनुयायी हामी नेपाली भएको कारणले यस्ता धार्मिक कार्यक्रमहरु गर्नु पर्ने आफ्नो पहिचान, चिनारी र अस्तित्व जोगाउनु पर्छ भन्ने भावना राखेर कार्यक्रम सञ्चालन गरेको बताउन भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नं. १० प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार के.सी र विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले दक्षिणकाली नगरपालीका आफै आयोजक बनेर बौद्ध धार्मालमीहरुलाई एकै ठाँउमा समावेश गरी बुद्धको उपदेश र मार्ग निर्देशनलाई सम्झना गर्ने उद्देश्यले गरिएको कार्यक्रम प्रति आभार प्रकट गर्दै देश तथा विदेशका बुद्ध धर्मालम्बीहरु कै कारण देशको आर्थिक उन्नती भैरहेको, शिदार्थ गौतम बुद्ध जन्मेको देशको अझै विश्व व्यापी रुपमा प्रचार प्रसार गर्नु पर्ने र अझ विदेशी धर्मालम्बीहरु भित्रयाउनु पर्ने आफ्नो मन्तव्य मार्फत बताउनु भयो ।
कार्यक्रमका सभापति नगर प्रमुख मोहन बस्नेतबाट आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रम समापन गर्ने क्रममा नगर प्रमुख बस्नेतले विश्वमा नै भगवान बुद्धको शान्तिको खोजी भैरहेको अभियानमा दक्षिणकाली नगरपालीकाले पनि उक्त अभियान र भगवान बुद्धले दिनुभएको अर्ति उपदेशलाई अनुसरण गर्नु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै आगामी दिनमा यसरी नै बुद्ध जयन्तीको अवसरमा नगरपालीकाबाट भगवान बुद्धको मूर्ति र रथको लागि बजेट तर्जुमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमको समापन पश्चात फर्पिङ ७ टोल परिक्रमा विभिन्न बाजा गाजा, बौदिक पाठ मन्त्र लगायत “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो भन्ने मुल सन्देशका साथ ¥याली सञ्चालन गरिएको थियो ।
धार्मिक गुम्बाहरुबाट आफ्नो उपस्थिति जनाएका शिक्षक र भिक्षुहरुले समेत खुसी व्यक्त गरेका छन् । दक्षिणकाली नगरपालीकाले आयोजना गरेको धार्मिक कार्यक्रममा समावेश हुन पाउदा र बौद्ध धर्म प्रतिको आस्था, बुद्धले दिएको उपदेश प्रतिको कदर गर्दै नगरपालीकालाई बिशेष रुपमा धन्यवाद दिएको हो ।