रक् क्लाईम्ङि भिरबाट चिप्लेर दुुई बाललको मृत्युु
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालीका वडा नं. ५ माथिल्लो बस्ति स्थित रक् क्लाईम्ङि भिरबाट चिप्लेर दुुई बाललको मृत्युु भएको छ ।
दिउसो १ बजे आफ्नो अभिभाबकसँग गोठालो जाने क्रममा अभिभाबक जङतिर लागे सँगै दुुई बालक रक् क्लाईम्ङिको ककारो तिर लागेका थिए । बाटो चिप्लो भएको कारण हात समातेर हिड्दा खेरी दुुबै चिप्लेर करिब ५० देखि ६० फिट मुनी खसेर मृत्यु भएको प्रहरी बृत्त कीर्तिपुर इन्चार्ज डि.एस्.पी राजु लामाले जानकारी दिनु भएको छ ।
दुुबै बाललको टाउकोमा गहिरो चोट लागेको देखिन्छ । बर्ष ६ दिप्शन राईको आगाडि निधारमा गहिरो चोट लाग्दा मस्तिस्क समेत बाहिर निस्किएको छ भने दोस्रो व्यक्ति सुुभम तामाङ बर्ष १० को पनि निधारमा गहिरो चोट लागेको देखिएको छ । दुुबै बालकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्युु भएको डि.एस्.पी इन्चार्ज लामाले जानकारी दिनु भयो ।