दक्षिणकालीमा वृहत रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न
ABNIZATION MEDIA
लयस्न क्लब अफ काठमाडौँ पद्यमसंभव दक्षिणकाली र लियो क्लब अफ काठमाडौँ पद्यसंभव दक्षिणकाली (ब्अतष्खभ) को संयुुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नेपालको परिपेक्षमा रक्त संकलन कार्य लायन्स क्लबले बिगतका दिनहरुदेखि नै गर्दै आइरहेको छ । राष्ट्रलाई मात्र नभई बिश्व समुदायलाई पनि रगतको उत्ति कै आवश्यकता पर्छ भन्ने उद्दश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा रक्त दान गर्न आउने रक्तदाताहरुको सहभागिता ६५ जना भन्दा माथि रहेको थियो ।
लयस्न क्लब अफ काठमाडौँ पद्यमसंभव दक्षिणकालीका अध्यक्ष बिरेन्द्र कुमार बलामीले लायन वर्ष २०२२–२३ को अन्तिम हुदै गर्दा को अवस्थामा लयस्न क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले साथ सहकार्य गर्ने सम्पूर्ण स्थानिय निकाय, विभिनन क्लब तथा संघसंस्थाहरुलाई धनयवाद दिदै आगामि दिनमा यसरी नै कार्यक्रमहरुको आयोजनालाई निरन्तर्ता दिने प्रतिबद्धता व्यक्त गर्नुु भयो ।
क्लबले कान्तिपुुर ब्लड बैंक, दक्षिणकाली नगरपालीका, फर्पिङ ब्लड डोनर गुु्रप, दक्षिण क्षेत्रीय समन्वय समिति, जेष्ठ नागरिक समाज, स्थानिय टोल विकास संस्थाहरु लगायत विभिन्न सामाजिक संस्थाहरुसँग समन्वय गरि वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुु भयो ।
आफ्नो जीवनमा धेरै भन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुको सहभागिता पनि कार्यक्रममा निकै रहेको थियो । दाताहरुले गरेका मानव धर्म तथा कल्याणका निम्ति उदाहरणीय योग्दान पुु¥याएकोमा क्लबले रक्तदाताहरुलाई कदर गर्दै सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।
४७ औँ पटक रक्तदान गर्ने फर्पिङ सहकारी संस्थाका अध्यक्ष राजु महर्जन र १०४ पटक रक्तदान गर्ने वडा ५ का वडा अध्यक्ष श्याम बहादुर खत्रीले क्लबलाई बिशेष रुपमा धन्यवाद दिएका छन् ।
लयस्न क्लब अफ काठमाडौँ पद्यमसंभव दक्षिणकालीका उपाध्यक्ष प्रमोद कुमार पौडेलले लायन वर्ष २०२३ – २४ मा पनि फर्पिङ दक्षिण भेगमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताउनुु भयो । क्लबले विभिन्न संघसंस्थाहरु, आमा समुहरु, युवा क्लब, टोल विकास संस्थाहरु लतायग स्थानिय निकायहरुसँग समन्वय तथा सहकार्य गरी विभिन्न सामाजिक क्रियाकलापहरुको आयोजना गर्ने उद्देश्य राखी आफ्नो उक्तरदायित्व पूरा गर्ने बताउनुु भयो ।
कार्यक्रमको अन्त्यमा कान्तिपुुर ब्लड बैंकमा समुुहलाई क्लबबाट मायाको थिनो समेत प्रदान गरिएको थियो ।