३ दिनको भ्रमणमा हामी तीन वटा ठाउँ गर्यौं । दक्षिण पश्चिम चीनको महत्वपूर्ण सहर र वित्तीय केन्द्र, उच्च प्रविधिको प्रयोगका लागि चिनिने छोङछिङको भ्रमण गरेका हौं । ३ करोड २० लाख जनसंख्या भएको त्यो महानगर हो । केन्द्रले सिधै हेर्ने चार सहर मध्येको एक हो । जसमा पोलिटब्युरो सदस्यको नेतृत्व हुन्छ । लियान जिज्याङ केही महिनाअघि नेपाल आउनुभएको थियो । सीपीसीको २४ पोलिटब्युरो सदस्य मध्ये उहाँ एक हो । उहाँसँग उच्चस्तरीय भेटवार्ता भयो ।
त्यसपछि ४ दिने बेइजिङको भ्रमणका क्रममा विभिन्न भेटघाटहरु भए । विदेश विभाग प्रमुखसँग पनि भेट्यौं । उहाँको हैसियत मन्त्रीस्तरको हुन्छ । उहाँहरुसँग दुई पक्षीय विषयमा कुराकानी भए ।
त्यसपछि तिब्बत भन्दा उत्तरतर्फ रहेको प्रान्त चिङहाईको भ्रमण गर्यौं । वातावरणीय हिसाबले चीनको महत्त्वपूर्ण मानिन्छ । तीन वटा ठूला नदीहरु मिकङ, यल्लो रिभर र याङ्सीको मुहान छ । संसारको सबैभन्दा धेरै नुन पाइने तालहरु त्यहाँ छन् । दुर्लभ खनिज लिथियमको खानी रहेको ठाउँ हो । सो ठाउँमा वातावरणीय हिसाबले के-के प्रभाव पारेको छ र त्यसलाई कसरी संरक्षण गरेर अघि बढाउँदैछौं भन्नेसहित विषय रहेको थियो । त्यहाँ कार्यक्रम पनि थियो । ३० देशका करिब १ सय ५० बढी संस्था उपस्थिति कार्यक्रममा हाम्रो महासचिवलाई प्रमुख वक्ताको रुपमा उनीहरुले ठाउँ दिएका थिए ।
छोङछिङमा सिंगापुर सरकार र स्थानीय सरकारले संयुक्त आयोजनामा ‘स्मार्ट चाइना एक्पो’ भएको थियो । त्यसमा पनि महासचिवलाई प्रमुख अतिथिको रुपमा उद्घाटन सत्रमा सहभागी गराएका थिए ।