अरुणोदय माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ लाई स्वागत गर्ने कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न
ABNIZATION MEDIA
30th Nov -0001
अरुणोदय माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ लाई स्वागत गर्ने कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको छ ।
नयाँ भर्ना हुन आएका कक्षा ११ का विद्यार्थीहरुलाई गुरस्तर शिक्षा, नैतिक ज्ञान, शिप तथा क्षमता विकास, व्यवहारिक, सस्ंकारीक तथा प्राविधिक शिक्षा दिने उद्देश्यले उक्त स्वागत कार्यक्रम गरिएको हो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा नगर प्रमुखबाट पानसमा दिप पज्वलन गरि कार्यक्रमलाई उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई दुई चरण गरि सञ्चालन गरिएको थियो । पहिलो चरणको औपचारीक कार्यक्रमसँगै दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन, अतित्रिक्त कृयाकलापहरु र चियापान सँगै कार्यक्रम भव्य रुपमा सञ्चालन भएको थियो ।
आज भदौ १२ । आजको दिन अरुणोदय माध्यामिक विद्यालयलाई नेपाल सरकारले दिएको कक्षा १२ को अनुमति पत्र प्राप्त गरेको, ंद्द को जन्म दिन आज हो भन्दै दक्षिणकाली नगर भित्र अरुणोदय मा.वि लाई नमुना बिद्यालय बनाउने स्कुलका प्रधान अध्यापक राजेश श्रेष्ठले बताउनु भयो । कक्षा १२ ले आयोजना गरेको कार्यक्रम धेरै राम्रो, स्तरिय र व्यवस्थित भएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको छ । स्कुलको भौतिक तथा शैक्षिक क्षेत्रको चौतर्फि बिकासको लागि वडा तथा नगरबाट बिगतका दिनदेखि नै साथ र सहयोग प्राप्त भैई राखेको बताउनु भयो । आगामि दिनमा पनि साथ र सहयोगको अपेक्षा राखेको श्रेष्ठले बताउनु भयो ।
शुभकामना मन्तव्य राख्ने क्रममा दक्षिणकाली नगरपालीकाका उपप्रमख बसन्ति तामाङ डङगोले अरुणोदय मा.विले ंद्द को शुरुवात गर्ने शिलशिलामा पहिलो दबतअज को रुपमा आफु स्थापित भएको बताउनु भयो । उहाँले किताबी ज्ञान मात्र नभई संस्कारीक तथा व्यवहारिक शैक्षिक ज्ञानको पनि बिकास गर्नु पर्छ भन्ने प्रेरणा विद्याथीहरुलाई कार्यक्रम मार्फत दिनु भयो ।
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बस्नेतले संस्कार सहितको शिक्षा अरुणोदय मा.वि ले विद्यालथर््ीहरुलाई दिएको कार्यक्रम मार्फत देखिएको बताउनु भयो । उहाँले अनुुसाशित विद्यार्थी उत्पादन तथा भौतिक संरचना बिकासको लागि बजेट बिनियोजन गरेको समेत बताउनु भयो । आगामी दिनमा छुटफुट नपुग आर्थिक पक्षको पाटोलाई नगरले मुल्याङकन गरी नैतिक, संस्कारीक तथा व्यबहारिक शिक्षामा परिवर्तन ल्याउने उद्देश्य नगरको आगामि कार्यक्रममा रहेकोे शुभकामना मन्तव्य मार्फत व्यक्त गर्नु भयो ।
कायक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष श्याम बहादुर खत्रीले सम्पूर्ण अतिथिहरु, शिक्षक शिक्षिका, विद्यार्थी लगायत शुभचिन्तकहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
औपचारीक कार्यक्रम समापन सँगै साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विद्याथर््ीहरुबाट विभिन्न प्रतिभाहरु प्रस्फुटन गरिएको थियो ।