दिगो र शान्तिपूर्ण समाज निमार्णका लागि साक्षरताको प्रबद्र्धन भन्ने मुल नाराका साथ ५७ आँै अन्तराष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालीका भव्यताका साथ मनाएको छ
ABNIZATION MEDIA
दिगो र शान्तिपूर्ण समाज निमार्णका लागि साक्षरताको प्रबद्र्धन भन्ने मुल नाराका साथ ५७ आँै अन्तराष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालीका भव्यताका साथ मनाएको छ ।
दक्षिणकाली नगरपालीका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विभिन्न संघसंस्था, स्कुल, कलेजका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु ल्गायत राजनैतिक व्यक्तिहरुको उपस्थितिमा धिमे बाजा ¥यालि सहित फर्पिङ परिक्रमा गरी अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको हो ।
कुनै पनि अवस्थामा निरिक्षर रहेका व्यक्तिहरु जो पढ्न, लेख्न, नयाँ प्रविधिका ज्ञानका विषय अथवा नवितम शिप विकासमा होस् निरन्तर शिक्षमा पौहुच र चेतना दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिउकोे शिक्षा साखा प्रमुख जनार्दन रिजालले बताउनु भयो । उक्त दिवसले सबै व्यक्तिव्तहरुलाई सधै शिप सिक्नका लागि, पढ्न, लेख्न, बोल्न, प्रविधिको ज्ञानको विकास गराउनको लागि सकारात्मक सोचका साथ सिर्जनशिलता विकास गर्न सहयोग गर्छ भन्ने भनाई राख्नु भयो ।
नेपाल शिक्षक महासंघ दक्षिणकाली नगर समितिको अध्यक्ष राजुभाई थापाले प्रत्येक घरमा सामान्य रुपमा लेख्न र पढ्न जान्ने मुख्य ज्ञानको भण्डार नै साक्षरता हो भन्ने उल्लेख गर्दै दक्षिणकाली नगरपालीकाले गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक शिक्षिकाको उल्लासमय उपस्थितिले कार्यक्रम भव्य रहेका बताउनु भयो ।
साक्षरता दिवस कार्यक्रम आयोजना गरी सम्पूर्ण स्कुल, कलेजका विद्यार्थीहरुलाई सहभागि गराएकोमा विद्यार्थीहरुले दक्षिणकाली नगरपालीकालाई धन्यवाद दिएका छन् ।
प्र्रभातफेरी कार्यक्रममा शिखरापुर सामुदायिक सिकाई केन्द्रले बिशेष साक्षरता भाँकी प्रस्तुत गरिएको थियो । चार पाङगे्र सवारीलाई साक्षरताको रुप दिई, एक साक्षर व्यक्तिमा हुनु पर्ने गुण, साक्षरता प्राप्त पश्चातकोे रुपान्तरण र साक्षर हुदा खेरीको अवस्थामा व्यक्तिले केके गर्न सक्छ भन्ने ज्ञान, भाँकी प्रदर्शनीबाट उल्लेख गर्दै प्रस्तुत गरिएको शिखरापुर सामुदायिक क्याम्पसका प्रचार्य निरोज श्रेष्ठले जानकारी दिनुभयो ।
फर्पिङ खेल मैदानबाट शुरु गरिएको प्रभातफेरी कार्यक्रम नगरपालीका झम्केश्वरी प्राङगणमा टुङगिएको थियो । दक्षिणकाली नगरापलीकाका नगर प्रमुुख मोहन बस्नेतले कार्यक्रम समापन गर्दै दक्षिण्काली नगरपालीका भित्र निरिक्षर रहेका व्यक्तिहरुलाई उचित व्यव्स्थापनका साथ साक्षर बनाउने अभियानमा स्बैको पहल कदमी अघि बढाउन आग्रह गर्नु भयो । उपस्थित सम्पूर्ण विद्यर्थी, शिक्षक शिक्षका, जनप्रतिनिधिहरु, साखा प्रमुख, समाजसेवि लगायत संघसंस्थाहरुलाई भन्यवाद दिनु भयो ।