abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

दक्षिणकाली नगरपालकिा भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुबाट चित्रकला प्रतियोगितामा विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको छ

दक्षिणकाली नगरपालकिा भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुबाट चित्रकला प्रतियोगितामा विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको छ ।
 
दक्षिणकाली नगरपालीका महिला तथा बालबालीका साखाको आयोजना ५९ औँ बालदिवसको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । 
 
बाल दिवस, बालबालिकाहरुले स्वतन्त्र रुपमा बाच्न पाउने, आफ्नो इच्छा शक्तिको विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो बाल अधिकार । 
 
अरुणेदय माध्यमिक विद्यालयको प्राङगणमा १५ वटा विद्यालयहरुको सहभागितामा  रहेको थियो जस्मा ३० जना विद्यार्थीीहरुले भाग लिएका थियो । प्रतियोगितामा त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । कक्षा ८ मा पढ्दै गरेकी पल पल राई प्रथम भएकी हुन् । उनले प्रतियोगितामा दक्षिण्काली नगरपालीका भित्र रहेका धामिक गुम्बा, मठ मन्दिर, हरियाली बनजङगल लगायत थुर्पै सांस्कृतिक पहिचान झल्किने चित्र कोरेकी थिईन् ।
 
 
दक्षिणकाली नगरपालीका महिला तथा बालबालीका साखाका प्रमुख प्रबित्रा मरासेनीले बाल दिवसको अवसरमा यस्ता कार्यक्रमहरु हरेक वर्ष छुटाछुट प्रतियोगिता गर्दै मनाइदै आई रहेको बताउनु भयो । यस पलि भने चित्रकला प्रतियोगिका गरेर बालबालीकाको प्रतिभा र क्षमतालाई अभिवृद्धि गर्ने अवसर पाएकामा शुसी भव्य गर्नु भएको छ । यस्ता कार्यक्रमले बच्चाको कलात्मक सोचाई, बौदिक ज्ञान साथै सामाजिक पक्षको विकास र बालबालीकाको प्रतिभालाई राष्टिय स्तर सम्म पु¥याउन मद्दत पुग्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
दक्षिण्काली नगरापलीकाका नगर प्रमुख मोहन बस्नेतले दक्षिण्काली नगरपालीका र अरुणोदय माध्यमिक विद्यालयको सयुक्त आयोजनामा ५९ औँ बालदिवस कार्यक्रम चित्रकला प्रतियोगिता सँगै २०७९ सालको एस्.ई.ई परिक्षमा सर्बोकृष्ट नतिजा ल्याई उत्तिण सफल विद्यार्थीहरुलाइ सम्मान गरि भव्य र सव्य रुपमा सम्पन्न भएको बताउनु भयो । यस कार्यक्रमले विद्यार्थीहरुको इच्छा र मनोबल बढाएको आगामि दिनमा पनि यस्तै कार्यक्रहरु आयोजना गर्दै जाने बताउनु भयो ।  
 
 
बाल दिवसका दिन बिशेष गरि बालबालीकाहरुका लागि महत्वपूर्ण दिनको रुपमा रहेने गरेको अरुणोदय माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेश श्रेष्ठले बताउनु भयो ।  बालबालीकाहरुले पढाई सँग सँगै आफुमा भएको प्रतिभालाई समेत प्रस्फुटन गर्न पाएकोमा व्यबहारिक ज्ञानको शिप विकासमा पनि उक्त कार्यक्रमले जोड दिएको बताउनु भयो ।  
 
 
चित्र प्रतियोगितामा प्रथम भएकी पल पल राईले आफु अघिल्लो प्रतियोगितामा पनि प्रथम भएकी बताइन् । आफुले चित्रकला कोर्दै गर्दा हरियाली बनजङगल, गुम्बा, मठ मन्दिर र आफुले देखेको पर्यटकीय क्षेत्रहरुको चित्र कोरेकी बताईन । 
 
कार्यक्रममा औपचारीक र अनौपचारी दुवै चरणको कार्यक्रम सञ्चालन गरिएको थियो । सास्ंकृतिक कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको विभिन्न क्षमत तथा प्रतिभाहरु प्रस्फुटन गरिएको थियो । 
 

सम्बन्धित प्रकाशनहरु