abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

दक्षिणकाली नगरपालीकाले आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पूर्वक सम्मपन्न

दक्षिणकाली नगरपालीकाले आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पूर्वक सम्मपन्न गरेको छ । 
 
सुसासन र पारदर्सिताका लागि भन्ने मुल नाराका साथ दक्षिणकाली नगरपालीका अन्तरर्गतका विषयगत शाखा, उप शाखा, इकाई केन्द्र एवम वडा नं. ५ र ९ का वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्म सञ्चालन भएका विकास निमार्ण एवम सेवा प्रभाहको सम्बन्धमा उक्त कार्यक्रम वडा नं. ९, वडा कार्यालयको प्राङगणमा सञ्चालन गरिएको थियो । 
 
 
कार्यक्रममा स्वागत मन्तव्य दक्षिणकाली नगरपालीकाकाका प्रमुुख प्रशासकीय अधिकृत मधुु अर्याल खनालले राख्नु भएको थियो । उहाँले आर्थिक वर्ष २०७९–०८० को तेस्रो अर्थात अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम भएको बताउदै वडा कार्यालयको काम कारबाही, सेवा प्रबाह, योजना एवम कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया गराउने, सेवाग्राही प्रति सेवाप्रदायकलाई जवाफदेही बनाउने, सेवाग्राहीहरुको गुनासो वा जिग्गासाहरुको बारेमा प्रश्नोत्तर गराउने, आगामि दिनहरुमा सेवा सुधारको लागि मार्ग निर्देशन गर्ने, नागरिकलाई सूचनाको हकको लागि प्रत्याभूति दिलाउने जस्ता कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै नागरिबाट प्राप्त रचनात्मक सल्लाह सुजावलाई आगामि नगरपालीकाको कार्य योजनामा समावेश गर्दै नगरलाई समृद्ध बनाउने आफ्नो मन्तव्य मार्फत व्यक्त गर्नु भयो ।  
 
 
 
 
 
आफ्नो वडाको प्रगती प्रतिबेदन प्रस्तुुत गर्ने क्रममा वडा नं. ९ का वडा सचिव प्रदिप पौडेल र वडा नं. ५ का वडा सचिव सुन्दर कुमार थापाले वडा कार्यालयबाट चालु आर्थिक वर्ष २०७९–०८० को आय, व्यय तथा समग्र प्रगतीको अवस्थाको सङक्षिप्त जानकारी प्रतिवेदन मार्फत प्रस्तुत गरेका थियो । 
 
त्यस्तै प्रगती प्रतिबेदन प्रस्तुुत गर्ने क्रममा नगरपालीकाका सम्पूर्ण शाखमहरु महिला बालबालीका उपशाखा, कृषि, पशुु सेवा शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, आर्थिक बिकास शाखा, पूवार्धार बिकास शाखा र योजना तथा प्रशासन शाखाहरुबाट आर्थिक वर्ष २०७९–०८० को आय, व्यय तथा समग्र प्रगतीको अवस्थाको सङक्षिप्त विवरण प्रस्तुत गरेका थियो । 
 
सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न राजनैतिक दलका जनप्रतिनिधिहरले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा लगायत  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेस आचार्यले नागरपालीकाको बिकासका लागि अझ बिशेष रुपमा ध्यान आकर्षण गराउदै नगरले गरेका र गर्न बाकी कार्यक्रमहरुमा पारदर्शिता ल्याउन आग्रह समेत मन्तव्य मार्फत व्यक्त गरेका थिए । 
 
दक्षिणकाली नगरपालीकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा गत रुपमा स्थानियको माफमा बसेर जनताको समस्यालाई सुन्ने र स्पस्टिकरण सहित समस्याको समाधान गर्ने उद्दश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं. ५ र ९ का स्थानिय बासिले आआफ्नो जिग्यासा कार्यक्रममा राखेका थिए । जस अन्तर्गत विभिन्न पूर्वाधार विकास सम्बन्धि, शिक्षा, स्वास्थ्य, लगायत स्थानिय सरकारले दिने सेवा सुविधा सम्बन्धि र वडा तथा नगरले गर्नु पर्ने विभिन्न पक्षहरुको दृष्टिकोणका विषयहरुमा सल्लाह सुझाबका रुपमा विषयहरु उठाइएका थिए जस अनतर्गत जवाफ देहिका रुपमा प्रशासकी अधिकृत, नगर प्रमुख, उपप्रमुख तथा वडाका वडा अध्यक्षहरु लगायत नगरपालीकाका शाखा, उपशाखाहरुबाट सङक्षिप्त रुपमा प्रश्नको स्पष्टिकरण दिएका थिए । 
दक्षिणकाली नगरपालीकाका उपप्रमुख बसन्ति डङगोल तामाङले आउदो आर्थिक वर्षमा शिक्षा? स्वास्थ्य, रोजगारी, खेलकुुद, पर्यटन, सँस्कृति लगायत विभिन्न भौथिक निमार्णहरुमा बजेट बिनियोजन गरी कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रश्नलाई अनुसरण गर्दै नगरमा सुसासन र पारदर्सिताका कायम गरि आगामि दिनमा स्थानिय जनताले दिएका सल्लाह सुझाब अनुसार नै नगरले काम गर्ने कार्यमा परिवर्तन सहित अगाडि बढ्ने, विकास निमार्ण तथा महिला बालबालिका र युवाहरुलाई अगाडि बढाउने आफ्नो व्यक्तिगत तथा नगरको तर्फबाट सक्दो कोसिस र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । 
 
 
कार्यक्रमको अन्त्यमा कार्यमका सभापति तथा दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतले वडा नं. ९ को प्राङगणमा स्थानियले घेरै राम्रा प्रश्नहरु गरेर नगरलाई सकारात्मक परिवर्तन गर्ने दष्टिकोणका आवाजहरु राखेर व्यक्ति, समाज र राष्ट्रलाई नै परिवर्तन गराउने परिकल्पनाको आधार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत बन्न सकेकोमा सम्पूर्णलाई धनयवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।   
 
 
यस्तै प्रश्न र जिग्यासाले नै समृद्ध नगर बन्ने, समृद्ध नगर निमार्णमा स्थानिय जनताको रचनात्मक सुझाबलाई नगरसँग सहकार्य गर्न समेत आग्रह गर्दै कमि कम्जोरी भएका विषयहरुलाई सच्याउने जवाफ देहिहरुबाट प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

सम्बन्धित प्रकाशनहरु