abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

दक्षिणकाली नगरपालीकाले आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पूर्वक सम्मपन्न

दक्षिणकाली नगरपालीकाले आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सफलता पूर्वक सम्मपन्न गरेको छ । 
सुसासन र पारदर्सिताका लागि भन्ने मुल नाराका साथ दक्षिणकाली नगरपालीका अन्तरर्गतका विषयगत शाखा, उप शाखा, इकाई केन्द्र एवम वडा नं. ५ र ९ सम्मका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०७९–०८० को तेस्रो चौमासिक सम्म सञ्चालन भएका विकास निमार्ण एवम सेवा प्रभाहको सम्बन्धमा उक्त कार्यक्रम वडा नं. ९, वडा कार्यालयको प्राङगणमा सञ्चालन गरिएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य दक्षिणकाली नगरपालीकाकाका प्रमुुख प्रशासकीय अधिकृत मधुु अर्याल खनालले राख्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७९–०८० को तेस्रो अर्थात अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम भएको बताउदै वडा कार्यालयको काम कारबाही, सेवा प्रबाह, योजना एवम कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया गराउने, सेवाग्राही प्रति सेवाप्रदायकलाई जवाफदेही बनाउने, सेवाग्राहीहरुको गुनासो वा जिग्गासाहरुको बारेमा प्रश्नोत्तर गराउने, आगामि दिनहरुमा सेवा सुधारको लागि मार्ग निर्देशन गर्ने, नागरिकलाई सूचनाको हकको लागि प्रत्याभूति दिलाउने जस्ता कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै नागरिबाट प्राप्त रचनात्मक सल्लाह सुजावलाई आगामि नगरपालीकाको कार्य योजनामा समावेश गर्दै नगरलाई समृद्ध बनाउने आफ्नो मन्तव्य मार्फत व्यक्त गर्नु भयो ।  
 
दक्षिणकाली नगरपालीकका प्रशासकीय अधिकृत भोला प्रसाद चापागाइले दक्षिणकाली नगरपालीका साथै ३ वटा वडाको चालु आर्थिक वर्ष ७९–८० को दोस्रो चौमासिक अवधिको सङक्षिप्त प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले दोस्रो चौमासिक सम्म आइपुग्दा आर्थिक र भौतिक तर्फको प्रगती मुल्याङकन अन्य पालीका सँग तुलना गर्दा सकारात्मक देखिएको प्रस्तावना मार्फत प्रस्तुत गर्नु भएको थियो भने नयाँ आर्थिक वर्षमा तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरुको विवरण समेत सार्वजनिक गर्नु भएको थियो ।
वडा कार्यालयबाट चालु आर्थिक वर्ष २०७९–०८० फागुन मसान्त सम्मको अवधिमा आय, व्यय तथा समग्र प्रगतीको अवस्थाको सङक्षिप्त जानकारी वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरुबाट प्रस्तुत गरिएका थिए । 
दक्षिणकाली नगरपालीकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा गत रुपमा स्थानियको माफमा बसेर जनताको समस्यालाई सुन्ने र स्पस्टिकरण सहित समस्याको समाधान गर्ने उद्दश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं. ६, ७ र ८ का स्थानिय बासिले आआफ्नो जिग्यासा कार्यक्रममा राखेका थिए । जस अन्तर्गत विभिन्न पूर्वाधार विकास सम्बन्धि, शिक्षा, स्वास्थ्य, लगायत स्थानिय सरकारले दिने सेवा सुविधा सम्बन्धि र वडा तथा नगरले गर्नु पर्ने दृष्टिकोणका विषयहरुमा सल्लाह सुझाबका रुपमा विषयहरु उठाइएका थिए र जवाफ देहिका रुपमा प्रशासकी अधिकृत चापागाई र वडाका वडा अध्यक्षहरुबाट सङक्षिप्त रुपमा प्रश्नको स्पष्टिकरण दिएका थिए । यस्तै प्रश्न र जिग्यासाले नै समृद्ध नगर बन्ने, समृद्ध नगर निमार्णमा स्थानिय जनताको रचनात्मक सुझाबलाई नगरसँग सहकार्य गर्न समेत आग्रह गर्दै कमि कम्जोरी भएका विषयहरुलाई सच्याउने जवाफ देहिहरुबाट प्रतिबद्धता व्यक्त गरेका थिए । 
 
दक्षिणकाली नगरपालीकाका उपप्रमुख बसन्ति डङगोल तामाङले स्थानिय वडा बासीहरुको बाग्लो उपस्थितिले सकारात्मक प्रश्न उठेकोमा धन्यवाद दिनु भयो । प्रश्नलाई अनुसरण गर्दै नगरमा सुसासन र पारदर्सिताका कायम गरि आगामि दिनमा स्थानिय जनताले दिएका सल्लाह सुझाब अनुसार नै नगरले गर्ने कार्यमा परिवर्तन सहित अगाडि बढ्ने, विकास निमार्ण तथा महिला बालबालिका र युवाहरुलाई अगाडि बढाउने आफ्नो व्यक्ति गत तथा नगरको तर्फबाट सक्दो कोसिस र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । 
कार्यक्रमको अन्त्यमा दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतले वडा नं. ८ को प्राङगणमा स्थानियले घेरै राम्रा प्रश्नहरु गरेर नगरलाई सकारात्मक परिवर्तन गर्ने दष्टिकोणका आवाजहरु राखेर व्यक्ति, समाज र राष्ट्रलाई नै परिवर्तन गराउने परिकल्पनाको आधार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत बन्न सकेकोमा सम्पूर्णलाई धनयवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।   
 
 
सार्वजनिक सुनुवाई कार्यक्रममा एकीकृत घुम्ती सेवा शिविर समेत सञ्चालन गरेको थियो । जस्मा शिक्षा सम्बन्धि परामर्श सेवा, योजना सम्झौता र फरफारक सम्बन्धि परामर्श सेवा, जेष्ठ नागरिक कार्ड वितरण, अपाङगता परिचय पत्र वितरण, तरकारीको बिउबिजन तथा कृषि सम्बन्धि परामर्श सेवा, आर्थिक प्रशासन सम्बन्धि परामर्श सेवा, बेरोजगारीको तथ्याङक संकलन, कोभिड १९ खोप, स्वास्थ्य बिमा प्रारम्भिक स्वास्थ्य परिक्षण सेवा, आयुर्बेदिक औषधिहरु बितरण, रेबिज विरुद्धको खोप लगायतका आन्तरिक परजीवि नियन्त्रण तथा पशु सम्बन्धि अन्य परामर्श सेवाहरु स्थानिय नगरबासीले सेवा लिएका थिए । 
 

सम्बन्धित प्रकाशनहरु