abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

श्री योपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

श्री गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा भव्य अनि सव्य रुपमा सम्पन्न भएको छ । 
 
समुदाय समुदाय बिचको आपसी सद्भाव, मित्रत्रा एवं स्वालम्बनको प्रतिक मेरो सहकारी, हाम्रो सहकारी अनि हामी सबैको सहकारी भन्ने मुल नाराका साथ गोपालेश्वर सहकारी संस्था लिमिटेडले नेक्स्ट जेनेरेसन स्कुल सहकारी परिसरमा उक्त सभा कार्यक्रम सञ्चालन गरिएको हो । 
 
दक्षिणकाली नगरपालीकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त साधारण सभा कार्यक्रममा नगर प्रमुख बस्नेतबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । 
 
कार्यक्रममा स्वागत मन्तव्य संस्थका सचिब तथा कार्यक्रमका संयोजक कृष्ण बहादुर बलामीले राख्नु भएको थियो भने संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष बिरेन्द्र कुमार बलामीले आर्थिक वर्ष २०७९–०८०को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
 
कार्यक्रममा संचालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष भवानी प्रजापतीले आर्थिक वर्ष २०८०–०८१को भावि कार्य योजना प्रस्तुत गर्नु भएको थियो । उहाँले आगामि दिनमा विभिन्न संघसंस्थाहरु र स्थानिय निकायहरुसँग समन्वय र सहकार्य गरि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने र सञ्चालन गर्ने गराउने गरि कार्यक्रम अघि बढाउने आफ्नो प्रतिवेदन मार्फत व्यक्त गर्नु भयो ।
संचालक समितिको तर्फबाट संस्थाका कोषाध्याक्ष भरतमणी अर्यालले आर्थिक प्रतिवेदनको वासलात प्रस्तुत गर्नु भएको थियो । 
 
कार्यक्रमका प्रमुख अतिथि मेयर मोहन बस्नेत तथा विशिष्ट अतिथि उप प्रमुख बसन्ती तामाङ डङगोलबाट आर्थिक वर्ष २०७९–०८० मा उत्कृष्ट कारोबार, अधिक शेयर तथा बचतकर्ता, दश वर्ष सम्म अनवरत रुपमा सेवा दिने संस्थाका कर्मचारीहरुलाई माला, दोसल्ला, प्रमाण पत्र र नगदले सम्मान गर्नु भएको थियो । 
 
आमन्त्रण गरिएका सहकारी संस्थाहरुबाट प्रतिनिधित्व गर्दै सातमुल महिला बचत तथा ऋण सहकारी संस्थका निर्देशक राम कुमार के.सीले गोपालेश्वर सहकारी संस्थालाई युवा अवस्थामा रहि रहन सफलताको शुभकामना व्यक्त गर्नु भयो । उहाँले स्थानिय निकायदेखि शेयर सदस्यहरुको मायाममता पाइरहेकोबताउदै  उक्त राधारण सभा कार्यक्रम सफलतापूर्वक सन्पन्न भएको भन्दै आफनो मन्तव्य व्यक्त गर्नु भयो । 
 
दक्षिण्काली नगरपलाीकाका नगर प्रमुख मोहन बस्नेतले गोपालेश्वर सहकारी संस्थाले आगामि दिनमा लिएको लक्ष्य र उद्देश्य अनुरुप कीर्तिपुर र इन्दञ्सरोबर पालीकाहरुलाई आफ्नो कार्यक्र क्षेत्र बनाउन सेवा दिने विषयमा नगरबाट दिन सक्ने सेवा सुविधा प्रदान गर्ने बचन बद्धता व्यक्त गर्दै सफल कार्यको लागि शुभकामना व्यक्त गर्नु भयो । 
कार्यक्रमको अन्त्यमा गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिरेन्द्र कुुमार बलामीले आमन्त्रण गरिएका सम्पूर्ण अतिथि, शेयर सदस्य, विद्यार्थी, सल्लाहकार, सुभचिन्तक, सरोकारवाला लगायत कर्मचारीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । 
 

सम्बन्धित प्रकाशनहरु