दक्षिणकाली नगरपालीकाले वडा नं. १, चाल्नाखेलमा नगर अस्पताल समुद्घाटन कार्यक्रम सम्पन्न
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालीकाले वडा नं. १, चाल्नाखेलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी दक्षिणकाली नगर अस्पतालको रुपमा औपचारीक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा मन्त्रीबाट अस्पतालको प्रवेशद्धारमा रिबन काटी साथै ताम्रपत्र अनावरण गरी नगर अस्पतिालको उद्घाटन गर्नु भएको थियो ।
दक्षिणकाली नगरबासीहरुको स्वास्थ्यमा पौहुच बिस्तार गर्नको लागि उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । हाल यस अस्पतालले दिने सेवामा सार्वजनिक बिदाको दिन बाहेक बिहान ९ बजे देखि ३ बजेसम्म, नियमित ओ.पि.डि सेवा, तोकिएको समयमा बिशेषज्ञ स्वाथ्स्य सेवा, २४ सौँ घण्टा प्रसुती र इमर्जेन्सि सेवा, सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजे देखि ३ बजेसम्म, ःऋज् ऋष्लिष्अ सेवा, २४ सौँ घण्टा फार्मेसी सेवा, बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म प्याथोलोजि सेवा, २४ सौँ घण्टा एक्स रे सेवा, तोकिएको समयमा भिडियो एक्स रे सेवा, बिशेष गरी बिहान ९ बजेदेखि ३ बजेसमम, घाँउ चिरफर तथा सामान्य सल्यक्रिया सेवा, इ.सि.जि सेवा लगायत नेपाल सरकारबाट तोकिएका ऐन बमोजिम सेवाहरु यस अस्पतालले दिइने छ ।
कार्यक्रममा स्वागत मन्तव्य दक्षिणकाली नगरपालीका वडा नं. १ वडा वडा अध्यक्ष एवं अस्पताल व्यवस्थापन समिति सदस्य जयथापा मगरले राख्नु भएको थियो ।
दक्षिणकाली नगरपालीका उपप्रमुख बसन्ति डङगोल तामाङले शुुभकामना मन्तव्य दिने क्रममा दक्षिणकाली नगरपालीका भित्र कुनै पनि नगरवासीहरुले स्वाथ्स्य उपचारबाट बन्चित हुन नपरोस् भनेर नगर भित्रै उपलब्ध स्रोत साधन र भवनला नैै नगर अस्पतालको रुपमा सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टरहरुलाई यस नगर अस्पतालमा पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दक्षिण क्षेत्रमा मृगौला बिरामीको संख्या बढेको पाईएकोले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन उपलब्ध गराई दिने समेत बताउनु भयो ।
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान, उपकुलपति, डा.भुवेन्द्र बस्नेतले यस नगर अस्पताललाई अस्पलालकै रुपमा स्तरोन्नती गर्दै जानु पर्ने र आफुले सक्ने साथ सहयोग दिने बताउनु भयो ।
नेपाल सरकारका मुख्य सचिब बैकुुण्ठ अर्यालले दक्षिणकाली नगरपालीकाले नगर अस्पताल स्थापना गरेर नगरबासीको स्वास्थ्य सेवा पौहुचको लागि धेरै राम्रो काम गरेकोमा दक्षिणकाली नगरपालीकालाई बिशेष धन्यवाद दिनु भयो ।
कार्यक्रमको अन्त्यमा दक्षिणकाली नगरपालीकाका नगरप्रमुख मोहन बस्नेतले यस नगर अस्पतालबाट प्रदान हुने २४ सौ घण्टाको सेवाको लाभ लिन आम नगरवासीलाई अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।