दक्षिणकाली नगरपालीको आयोजनामा ३२ औँ अन्तरराष्ट्रिय अपाङगता दिवस सम्पन्न
ABNIZATION MEDIA
दक्षिणकाली नगरपालीको आयोजनामा ३२ औँ अन्तरराष्ट्रिय अपाङगता दिवस सम्पन्न भएको छ ।
दक्षिण्काली नगरपालीका भित्र रहेका ९ वटै वडाहरुबाट अपाङगता भएका व्यक्तिहरुलाई मनोसामाजिक बिमर्सकर्ताहरुबाट मनो सामाजिक रुपमा स्वच्छ हुनु पर्छ भन्ने उद्देश्यका साथ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको महिला बालबालीका शाखा प्रमुख पबित्रा मरासेनीने बताउनु भयो ।
दक्षिणकाली नगरापलीकाका नगर प्रमुख मोहन बस्नेतले अपाङगता भएका व्यक्तिहरुलाई निराश नहुनहुन आग्रह गर्नु भएको छ । नगरले सदैव साथ सहयोग गर्ने, आफुले कस्तो काम गर्न सकिन्छ त्यही अनुरुप तालिम र शिप विकास तर्फ जोडिन सहज बातावरण मिलाउने बताउनु भयो ।
दक्षिणकाली नगरापलीकाकी नगर उपप्रमुख बसन्ति तामाङ डङगोलले वर्षै पछिे अपाङगता दिवस मनाउदै गरेको र अपाङगता भएका व्यक्ति, आफ्ना पारिवारक सदस्य, स्टमित्र, सुभचिन्तकहरुलाई माया, स्नेह, सम्मान, आदर गर्नु पर्ने बताउनु भयो । सेतो र पहेलो अपाङगता कार्ड घरै पछिे बितरण, पारिवारिक स्थििति अनुसार शिप बिकास र आर्थिक सहयोग, निशुल्क स्वास्थ्य विमा, आवश्यक परेको खण्डमा स्वास्थ्य सामाग्रका साथै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै गरेको, नगर प्रशासनीक भवन निमार्णमा आपाङग मैत्रि, बाटो, कार्यालय, लगायत भौतिक संरचनालाई ध्यनमा राखि अघि बढिरहेको बताउनु भयो ।
कार्यक्रममा आफ्नो सहभागिता जनाएका अपाङगता भएका व्यक्तिहरुबाट नगरलाई बिशेष धन्यवाद दिएका छन् । आफ्ले नबुझेको कुरा, पाउनु पर्ने सेवा सुविधाको विषयमा पनि जानकारी यसै अन्तरक्रियात्मक कार्यक्रमबाट प्राप्त भएको बताएका छन् ।