abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

विद्यालय केन्द्रित अन्तर्गत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण कार्यक्रम
1st May 2024

हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ ट्राफिक प्रहरी प्रभाग फर्पिङको आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्र, फर्पिङको सहकार्यमा सामुदायिक साझेदारी विद्यालय केन्द्रित अन्तर्गत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको छ । 
 
शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि सामुदायिक साझेदारी कार्यक्रम ट्राफिक प्रहरी प्रभाग फर्पिङले दक्षिणकाली नगरपालीका भित्र रहेका सामुदायिक, संस्थागत र धामिर्क विद्यालयहरुमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त प्रशिक्षण कार्यक्रम समामुदायिक विद्यालय अन्तर्गत सेतिदेवि माध्यमिक विद्यालय सोखेलमा पनि सञ्चालन गरियो । दुघटना न्युनीकरणका उपाउहरु, पैदल यात्रसहरुले सडक प्रयोग गर्दा अपनाउनु पर्ने बिधिहरु, ट्राफिक प्रहरीले प्रयोग गरि रहेका प्रविधि तथा उपकरणहरुको जानकारी लगायत अन्य विविध विषयमा ट्राफिक जनचेतना मुलक कक्षा सञ्चालन तथा ट्राफिक नियमको पर्र्चा सामेत शिक्षक, विद्यार्थीहरुलाई वितरण गरि एको थियो । 
उक्त प्रशिक्षण तालिम भने ट्राफिक प्रहरी प्रभाग फर्पिङका प्रमुख बिकु नारायण काशिछ्वाले दिनु भएको थियो । 
 
 
सक्षम र अनुसासित नागरिक बन्न निति नियमको भरपूर ज्ञान र पालना गर्नु पर्ने विद्यालयका छात्रा सोनिया श्रेष्ठले बताइन् । आफुले ट्राफिक नियमको पनलना गर्नु गर्नुका साथ साथै विभिन्न समयमा हुने गरेका सवारी दुघटना, ट्राफिक लेन, ट्राफिक लाइट, जेब्र क्रसिङको विधि, ट्राफिक प्रविधि लगायत अन्न जनचेतनात्मक विषयमा आफुले भरपूर चेतना प्राप्त भएकी बताईन् । 
 
स्कुलका शिक्षक तथा सहायक प्र.अ गजेन्द्र बहादुर बस्नेतले ट्राफिक प्रहरी प्रभाग फर्पिङलाई धन्यवाद दिनु भएको छ । आगामि दिनमा पनि यस्तै जनचेतनात्मक कार्यत्रक्रमहरु ल्याउन सबैलाई सचेत गराउन अनुरोध गर्दै धन्यवाद ज्ञापन गर्नु भएको हो । 
 

सम्बन्धित प्रकाशनहरु