अंकुुरन वालड्रफ इन्स्पाएर्ड स्कुुलले २०७९ को अभिभावक दिवस कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गरेको छ ।
दक्षिणकाली नगरपालीका र कृर्तिपुर नगरपालकिा भित्र आफ्नौ छुटै पहिचान बनाउदै अघि बढि रहेको यस स्कुलले बालबालीकाको गुणस्तर शिक्षा बृद्धि सँगै २०७९ को अभिभावक दिवस विद्यार्थी, अभिभावक र अतिथिहरुको एकेबद्धतामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका सभापति तथा अंकुुरन वालड्रफ इन्स्पाएर्ड स्कुुलका अध्यक्ष लिला थापा मगरबाट पानसमा दिप प्रज्वलन गरि विधिवतरुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सँगै अतिथि लगायत अभिभावकहरुका लागि विद्यार्थीहरुबाट स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने स्वागत मन्तव्य स्कुलका प्रधानअध्यापक कबिता कुवरले राख्नु भएको थियो । उहाँले अंकुुरन स्कुुलको उद्देश्य भनेकै दक्ष र प्रभावकारी जनशक्ति उत्पादन गरि समाज र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सव्य र असल कर्णधार नागरीक सिर्जना गर्ने बिश्वास व्यक्त गर्दै आमन्तिण गरिएका अतिथि लगायत अभिभावकहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो ।
अभिभावक दिवस कार्यक्रम भएकोले सानासाना विद्यार्थी भाई बहिनीहरुबाट आफनो अभिभावकहरुलाई स्कुलमा सिकेका र विकास गरेका शिपमुलक शिक्षालाई कार्यक्रममा प्रस्तुती मार्फत स्वागत गीत, तथा नृत्यले स्वागत र मनोरञ्जन समेत गरिएका थियो ।
शुभककामना मन्तव्यको क्रममा सम्पूर्ण अभिभावकहरुको पूतिनिधित्व गर्दै केशव कुमार दाहलले बलबालकिहरुलाई बालमैत्रिपूर्ण विधिबाट शिक्षण गराओस्, सहज रुपमा क्षमता विकास गर्दै अगाडि बढाओस् भन्ने इच्छा चाहाना सबै अभिभावकहरुमा हुन्छ र अभिभावकको यस चाहाना र इच्छालाई अंकुुरन स्कुुलले पूरा गरेकोमा खुसीव्यक्त गर्नु भयो साथै बच्चाहरुलाई शिक्षामा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सक्षम बनाएकोमा आगामि दिनमा स्कुललाई सफल कार्यको लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख आतिथि तथा कृर्तिपूर नगरपालीकाका उप प्रमुख शुभलक्ष्मी शाक्यले आफु एक अभिभावक भएको नाताले पनि स्कुलले राम्रो मार्ग निदेर्शन गर्ने सन्देश र शिक्षा दिइ रहेको, आफ्नो बच्चाले पढाइमा पनि उत्कृष्ट नतिजा ल्याएर मन जित्न सकेको र परिवार प्रति पनि जिम्मेवार, आफ्नो काम आफै गर्ने विकासको बृद्धि हुदै गएकोले पनि स्कुललाई बिशेष रुपमा धन्यवाद दिदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
दक्षिणकाली नगरपालीकाका उपप्रमुख तथा कार्यक्रममा प्रमुख अतिथि बसन्ति डङगोल तामाङले धबमियचा स्कुल १९१९ मा जर्मनबाट शुरुवात भएर वालड्रफ पाठ्यक्रमको अवधारण दक्षिणकालीमा पनि ल्याएर स्थापना गरेकोमा निकै हर्षिक भएको महसुस गर्नु भयो । उहाँले स्कुलको महत्वपूर्ण बिशेषता माथि बोल्दै बालबालीकालाई समाजीक, प्राकृतिक र सास्कृतिक पक्षलाई बिशेष शिक्षण पद्धतीको आधार बनाएर पाठ्यक्रम अघि बढाएर उत्कृष्टता हासिल गरेकोमा आभार प्रकट गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
अंकुुरन वालड्रफ इन्स्पाएर्ड स्कुुलका प्रधान अध्यापक तथा कार्यक्रमका सभापति लिला थापा मगरले बालबालीकाहरुलाई उच्च ख्याल तथा पालन पोषण विधिबाट शिक्षा प्रदान गर्दै, शिक्षा क्षेत्रमा आफ्नो अमुलय योग्दान दिदै आएका शिक्षक शिक्षिकहरुलाई धन्यवाद दिदै अन्तराष्टिय स्तरको विद्यालय बनाउने लक्ष्यमा निरनतर लागि रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न सास्कृतिक नृत्य तथा गायनहरु प्रस्फुटन गरिएको थियो भने विद्यार्थीहरुको प्रतिभा, क्षमता र बौदिक विकासलाई मध्यनजर गरि साँस्कृतिक, धार्मिक र सम्मानित नाटक समेत प्रस्तुत गरिएका थियो ।