abntvz
परिवर्तन नयाँ सुरुवात

ABNIZATION MEDIA

कीर्तिपुुर नगरपालीकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा कीर्तिपुुर रात्रीकालीन पर्यटन प्रबर्दन शुुभारम्भ

कीर्तिपुुर नगरपालीकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा कीर्तिपुुर रात्रीकालीन पर्यटन प्रबर्दन शुुभारम्भ भएको छ । 
कीर्तिपुुर नगरपालकाको दीर्घकालीन सोच साँस्कृतिक र प्रकृतिक सम्पदायुुक्त, शैक्षिक एवक पर्यटकीय शहर, स्वच्छ हराभरा, समाबेशी तथा समुुन्नत हाम्रो कीर्र्तिपुर नगर भन्ने मुल नारालाई सफल पार्न उक्त रात्रीकालिन पदयात्रा शुरु गरेको हो ।  
कार्यक्रममा स्वागत मन्तव्य कीर्तिपुुर नगरपालीका संस्कृति तथा पर्यटन समितिका संयोजक एंव वडा नं. १० का वडा अध्यक्ष नरेश महर्जनले गर्नुु भएको थियो । उहाँले कीर्तिपुुर नगरपालीकालाई काठमाडौँ उपत्यकाकै बिकसीत मौलिक, संस्कृतिक, ऐतिहासिक र धार्मिक अबलोकनका साथै विभिन्न सम्पदाहरुको अनुुभूति गराउने उद्देश्यले आन्तरिक तथा बह्य पर्यटनलाई स्वागत स्वरुप आमन्त्रण गर्नुु भएको छ । रमणीय अनुुभुुतिका साथै विभिन्न मौलक परिकार र स्थानिय उत्पादनको प्रबर्दनका लागि कीर्तिपुुरमा रात्रीकालिन पदयात्रालाई आगाडि बढाएको बताउनुु भयो ।  
 
बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुुकार महर्जनको प्रमुुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा मन्त्रीबाट द्यबललभच मा लेखिएको बिवरण पढेर कार्यक्रमको औपचारीक शुुभारम्भ गर्नुु भएको थियो । 
 
कीर्तिपुुर नगरपालीकाका उपप्रमुख शुभलक्ष्मी साक्य सुुनिताले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै धार्मिक, साँस्कृतिक, पुरातात्वीक सम्पदाले भरिएको ऐतिहासिक नगरी कीर्तिपुुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउनु भयो । कीर्तिपुुर नगरपालीकाले नगर भित्र रहेका ऐतिहहासिक सम्पदाहरुलाई बिश्व सामु सुुुुचिकृत गर्नका लागि अघि बढिरहेको र माननिय मन्त्री महर्जनलाई साथ सहयोग गर्न समेत अनुुरोध गर्नुु भएको छ । कीर्तिपुरमा आन्तरिक तथा बाह्य पर्यटक घटेको छ यस्लाई गन्तव्यको रुपमा परिचित गराउन यस्तै कार्यक्रमले मदत गर्ने छ भन्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । 
 
नेपाल पर्यटन बोर्डका बरिष्ठ निदेर्शक हितमत शिह अर्यले कीर्तिुिुपुुर आफैमा बिश्व पर्यटन सम्पदामा सुुचिकृत भैसकेको र दर्तामात्र गर्न बाँकी भएको कुरा राख्नुभयो । पर्यटन बोर्डले कीर्तिपुुरलाई त्जभ अष्तथ यल जष्िि को अवधारण दिएका छ । कीर्तिपुुरबाट देखिने रात्रीकालीनको मनमोहक दृश्य हेर्न आउने पर्यटकहरुलाई आफनै सँस्कृति झल्कीने कार्यक्रमहरु आयोजना गरि विभिन्न मौलिक परिकार बिस्तार गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नु भयो साथै आफुले सक्के सहकार्य गर्ने प्रतिबद्धता समेत मन्तव्य मार्फत व्यक्त गर्नु भएको छ । 
 
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुुकार महर्जनले कीर्तिपुुरको पर्यटन व्यवसायलाई समृद्ध बनाउन आफुु अघि बढिरहेको बताउनुु भयो । उहँले विभिन्न मूुर्त अमूूर्त साँस्कृतिक प्रकृतिक सम्पदाहरुलाई प्रबर्धन सम्बर्धन गर्नको लागि बजेट विनियोजन समेत गरेको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा कीर्तिपुुर नगरपालीकाका प्रशासकीय अधिकृत लक्ष्मी बास्कोटाले सम्पूूर्णलाई धनयवाद दिदै कार्यक्रम समापन गर्नुु भएको थियो । 
 

सम्बन्धित प्रकाशनहरु